देउवा ओली भेट: कांग्रेस–एमालेबीच गोप्य सहमति? कुलिङ पिरियडमा टकराव!

-

काठमाडौं, असार ४ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगे। देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्कालाई साथ लिएर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

छलफलमा एमालेबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।  खासगरी संसदमा प्रस्तुत संघीय निजामती विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानबारे गम्भीर छलफल भएको बुझिएको छ।

उक्त विधेयक अनुसार निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीले दुई वर्ष नपुगी कुनै पनि सरकारी वा संवैधानिक पदमा नियुक्ति पाउन नपाउने प्रावधान राखिएको छ। यिनै प्रावधानविरुद्ध मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरू सक्रिय छन्।

उनीहरूले सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री र सत्तारुढ कांग्रेस सभापति देउवासमक्ष पुगी प्रावधान हटाउन दबाब दिइरहेका छन्।

कांग्रेस दुई वर्षे कुलिङ पिरियडको पक्षमा रहे पनि एमाले भने एक वर्ष राख्नुपर्ने अडानमा छ। यसले सत्ता साझेदारबीच नै मतभेद देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य