पूर्व राष्ट्रपति भण्डारीको प्रधानमन्त्री ओलीलाई प्रश्न‘ अखिलको सम्मेलनमा तपाईले बोलेको कुरा के हो?’

-

काठमाडौ, ४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार ७ बज्नु केही मिनेट अगाडि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरिन् । उनको त्यहाँ पहिला नै समय निर्धारण भएको थियो। स्रोतका अनुसार भण्डारीले नै भेट गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेकी थिइन् ।
यस अघि भण्डारीबाट असन्तुष्ट बनेपछि प्रधानमन्त्री केपी शर्मा ओली उनकै निवास भंगाल पुगेका थिए । त्यो बेला भण्डारी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको बेला ओली उनका निवास पुगेका थिए
तर मंगलबारको भेट फरक थियो। केही दिन अधि सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारी तर्फ लक्षित गर्दै विभिन्न टिप्पणी गरेका थिए। त्यसपछि दुइ नेताहरुबीच चिसो बढेको अनुमान गरिएको थियो।

पछिल्लो समय राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला उनीहरूबीच भेटबार्ता भएको हो यो भेटलाई एमाले पङ्तीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय एमालेकै नेताहरु अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको कित्तामा बाँडिन थालेको अवस्थामा दुई नेताबीच लामो बार्ता भएको हो ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले अनेरास्वबियुको सम्मेलनमा ब्यक्त अभिब्यक्ति आफूप्रति लक्षित हो कि होइन भनेर समेत सोधेको स्रोतले बतायो । अनेरास्ववियुमा तपाईले ब्यक्त गरेको म लक्षित बिचारले राम्रो सन्देश दिएको छैन, त्यसको अर्थ के हो भन्दै भण्डारीले ओलीलाई प्रश्न गरेको स्रोतले बतायो ।

जवाफमा अध्यक्ष ओलीले तलतलसम्म केही ब्यक्तिहरु अनावश्यक बखेडा झिक्न लागेको बिषयलाई आफूले संकेत गरेको भन्दै आफ अध्यक्ष रहेकोले कुनै पनि ब्यक्ति लक्षित टिप्पणी नगरेको स्पष्टिकरण दिएका थिए । ‘ तपाइको नाम लिएर पार्टीमा गुटबन्दी बढेको छ, अनावश्यक बखेडा गर्ने काम भएको छ। त्यो नेता यता र उत्ताको भन्दै पार्टीमा भाँड भैलो ल्याउने प्रयास भएको छ ’ ओलीको भनाई उदृत गर्दै स्रोतलेब भन्यो ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफूसँग भेटन आउने एमालेका नेता कार्यकर्तामाथि केन्द्रीय कार्यालयको नाममा बिभेदपूर्ण ब्यवहार भइरहेको गुनासो आएकोले के हो भन्ने प्रश्नसमेत सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले आफुले त्यसबारे कुनै जानकारी नपाएको र त्यस्तो नभएको जानकारी दिएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य