6.1 C
Kathmandu

एमाले वकिल (पिपिएलए)को चुनावमा बालुवाटारलाई झड्का, २ सय ५६ मत ल्याएर थापा निर्वाचित (मत विवरण सहित)

-

काठमाडौं २ असार । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि भएको निर्वाचन परिणामले बालुवाटारलाई झड्का दिएको छ। बालुवाटारले अगाडि सारेका उम्मेदवार ओम थपलियालाई हराउँदै निवर्तमान महासचिव अमर थापा बिजी बनेका छन् । थापाले २ सय ५६ मत ल्याउँदा थपलियाले २ सय १३ मत ल्याए ।
आइतबार राति अबेर सम्पन्न मत परिणाम अनुसार उपाध्यक्षमा यशोदा देवी पोखरेले ३ सय ५ मत ल्याएर बिजयी भइन भन महसचिवमा १ सय ६७ मत ल्याएर भुवन निरौला बिजयी भए ।
यस अघि बालुवाटार विरुद्ध बिभिन्न जनबर्गीय संगठनमा उम्मेदवारी पर्ने गरेकोमा बाकिलको चुनावमा भने बालुवाटारले बिद्रोह गर्दै पछिल्लो समयमा आएर थपलियालाई अगाडि सारेको थियो ।
। अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास विफल भएको थियो ।
केही दिन अधि सम्म थापाको नाममा सर्बसम्मतको अवस्था रहेको वकिलले बताए। पिपिएलएमा बालुवाटार निरीह देखिएपछि पछिल्लो समयमा आएर थपलियालाई अगाडि सारेको बताइएको छ। यसैलाई धेरैले पिपएलएमा बालुवाटारको विद्रोहका रुपमा लिएका छन् ।
यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो ।
प्रदेशगतरूपमा निर्वाचित हुने केन्द्रीय सदस्यहरु अधिकांशबाट निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । दलिततर्फ कुन्जनी परियार प्यासी निर्विरोध भएकी छन् ।
त्यस्तै कोशीबाट सुमित्र कोइराला, हरिबहादुर बराल र खगेन्द्र बास्कोटा निर्विरोध भएका छन् । मधेशबाट दिपक कुमार केसी,रविकेशर ठाकुर र पार्वती राउत निर्विरोध भएका छन् ।
लुम्बिनीबाट हिरा कुँवर, ठाकुरप्रसाद वली र पदम पाण्डे निर्विरोध भएका छन् । सुदुर पश्चिमबाट आरती खड्का,भोजराज पाठक र प्रेमवहादुर शाही निर्विरोध भएका छन् । विशेषबाट हरि प्रसाद पंगेनी,भक्तपुरबाट सानु सुवाल र ललितपुरबाट सुशील पोखरेल पनि निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य