6.1 C
Kathmandu

एमाले वकिलको चुनावमा ‘बालुवाटारको बिद्रोह’

-

काठमाडौं १ असार । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि ह्ने निर्वाचन गज्जबको देखिएको छ। यस अघि बालुवाटार विरुद्ध बिभिन्न जनबर्गीय संगठनमा उम्मेदवारी पर्ने गरेकोमा बाकिलको चुनावमा भने बालुवाटारले बिद्रोह गरेको छ।
। अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन । केही दिन अधि सम्म थापाको नाममा सर्बसम्मतको अवस्था रहेको वकिलले बताए। पिपिएलएमा बालुवाटार निरीह देखिएपछि पछिल्लो समयमा आएर थपलियालाई अगाडि सारेको बताइएको छ। यसैलाई धेरैले पिपएलएमा बालुवाटारको विद्रोहका रुपमा लिएका छन् ।

यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो ।

उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यसोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ । चुनाव आजै हुने बताइएको छ।

त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चुडामणी पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौलाको उम्मेदवारी परेको छ । उपमहासचिवमा बाबुराम राई, सहकुल खत्री र बालकृष्ण आचार्यको परेको छ ।
सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । सचिवका लागि सुदर्शन थपलिया, सरोजकुमार गिरी, प्रेमप्रसाद धिताल, मुकुन्दप्रसाद अधिकारी, रामजनक कटुवाल, अनन्तराज लुइँटेल, युवककुमार गौतम, हरिप्रसाद मैनाली र बलराम बुढाथोकीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिला सचिवमा राधिका खतिवडाको एकल उम्मेदवारी परेर निर्विरोध भएकोमा अनुशासन आयोगमा उम्मेदवारी दिएकी अनिता गुरुङको नाम सचिवमा राखेर निर्वाचन समितिले गडबड गरेको देखिएपछि विवाद भएको छ । कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे र प्रविण कुमार प्रधानको उम्मेदवारी परेको छ ।

प्रदेशगतरूपमा निर्वाचित हुने केन्द्रीय सदस्यहरु अधिकांशबाट निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । दलिततर्फ कुन्जनी परियार प्यासी निर्विरोध भएकी छन् ।
त्यस्तै कोशीबाट सुमित्र कोइराला, हरिबहादुर बराल र खगेन्द्र बास्कोटा निर्विरोध भएका छन् । मधेशबाट दिपक कुमार केसी,रविकेशर ठाकुर र पार्वती राउत निर्विरोध भएका छन् ।
लुम्बिनीबाट हिरा कुँवर, ठाकुरप्रसाद वली र पदम पाण्डे निर्विरोध भएका छन् । सुदुर पश्चिमबाट आरती खड्का,भोजराज पाठक र प्रेमवहादुर शाही निर्विरोध भएका छन् । विशेषबाट हरि प्रसाद पंगेनी,भक्तपुरबाट सानु सुवाल र ललितपुरबाट सुशील पोखरेल पनि निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य