काठमाडौ १ असार । चैत १५ गते राजा फर्काउने आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप खेपी रहेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणाले आइतबार अदालत समक्ष आत्मसमपर्ण गर्ने तयारी गरेको थाहा भएको छ।
राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराध समेतको कसूर मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकोमा बैशाख ७ गते उनीहरु जनही १ लाख धरौटीमा छुटेका थिए। मिश्रलाई खोजका बखत हाजिर गराउने गरी कानुन व्यवसायी अधिवक्ता श्याम बहादुर शाही र अधिवक्ता बसन्त ब्लोनको जिम्मामा छोडिएको थियो । त्यसैगरी राणालाई उनकै सचिवालयका उमेश सिंह विष्टको जमानीमा छोडिएको थियो।
तर दुबै नेतालाई अदालते दिएको समय भित्र उपस्थित नगराएकोले जमानी दिने सबैलाई जनाही २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । उनीहरुले आजै अदलत समक्ष आत्मसमर्ण गर्ने उनीहरु निकट स्रोतले बतायो। अदालतको फरार सूचीमा रहेका मध्य राणा प्रतिनिधिसभाका सदस्य समेत हुन् । फरार सूचीमा रहेका नेताले प्रतिनिधिसभाको बैठकमा समेत सहभागी हुने अप्ठयारो परेको भन्र्दै आइतबार अदालत समक्ष आत्मसमर्पण गर्न लागेको बताएको छ। यस्तो सूूचीमा रहेका जो कोहीलाई प्रहरीले पक्राउ गरी अदालत समक्ष बुझाउने ब्यवस्था छ।
अदालतको हाजिरी जमानी लिने दुबैका जमानीकर्ताले अदालतमा जरिवाना रकम बुझाई सकेका छन् ।ती मध्ये दुई जना भने कानुन ब्यबसायी हुन् ।
यसरी जरिवाना बुझाउनु भनेको कानुन ब्यबसायीको आफ्नो पेसामा दख्खल हुने एक वकिलले बताएका उनका अनुसार यसरी जरिवाना बुुझाएको विवरण समेत वार काउन्सिलमा बोधार्थ पठाइने गरिन्छ। यसरी बोधार्थ पठाउनु भनेको नै भावी दिनमा वाकिलको दायित्व माथि प्रश्न उठेको मानिन्छ। यदि कानुन ब्यबसायी भविष्यामा न्यायाधीश बन्ने लाईनमा भएको बेला यो एउटा कालो धब्बाको रुपमा अगाडि आउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्

