-गणेशकुमार मिश्र-
दु:ख सोच्ने मनले दु:खै देख्दछ सुख सोच्ने जनले सुखै भोग्दछ ।
**
कल्पनाको तलाउमा चल्छ मानव मन जति आर्जन गरे पनि कमी हुन्छ धन ।
शान्तिलाई फैलाउन दु:खले रोक्दछ सुख सोच्ने जनले सुखै भोग्दछ ।
**
मनको मैलो फाल्नलाई हेरौं मनभित्र भौतिकताका चित्र, रङ्ग छन है विचित्र ।
अज्ञानताको अंध्यारोले ज्ञान छेक्दछ सुख सोच्ने जनले सुखै भोग्दछ ।
प्रतिक्रिया दिनुहोस्

