असल मान्छे बन्छु म

-

-नारायणबाबु तिम्सिना

छिटो छिटो उठेर हातमुख धुन्छु म,
घामभन्दा सबेरै वासरूम जान्छु म।
गूडमर्निङ भनेर घरमा सबैजनालाई,
ब्रस गरीसकेर ब्रेकफास्ट खान्छु म।।

पढ्न बस्छु उठेर सधैं होमवर्क गर्छु म,
पढिवरी सकेर ज्ञानी बन्छु म।
आमालाई सोधेर एकछिन टाइम मिलाई,
रिफ्रेस हुन्छु भनेर खेल्न जान्छु म।।

खाना खान्छु स्वादले सबै मिठो मान्छु म,
स्मार्ट ड्रेस लागाई स्कुल जान्छु म।
साथी सँग मिलेर फष्ट सेकेण्ड हुनलाई ,
रूटिन हेरी आजको लेखपढ थाल्छु म।।

राम्रो बानी सिकेर असल मान्छे बन्छु म,
सर म्यामले भनेको सबै मान्छु म।
अल्छीपन छोडेर सबको जाति हुनलाई ,
धेरै काम गरेर सफल बन्छु म।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य