25.1 C
Kathmandu

बूढानीलकण्ठ–१२ मा सार्वजनिक सुनुवाइ: सेवा प्रवाह र जवाफदेहिता विषयमा छलफल

Categories:

-

काठमाडौँ, ३० जेठ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले आफ्नो वडामा सञ्चालन गरिएका सेवा, विकास, योजना र नागरिक सरोकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडाबासीहरूले विभिन्न योजनाको प्रभावकारिता, बजेटको सदुपयोग, सेवा प्रवाहमा देखिएको ढिलाइजस्ता विषयमा प्रत्यक्ष प्रश्न राखेका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले सेवा वितरणमा पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ अपरिहार्य भएको बताए। “वडाबाट दिइने तालिममा सहभागी भएर प्रमाणपत्रमात्र थुपार्ने होइन, सीपलाई व्यवहारमा उतार्न आवश्यक छ,” अध्यक्ष भट्टराईले भने, “सिरानी हाल्ने प्रमाणपत्रभन्दा व्यवहारिक उपयोगिता महत्वपूर्ण हो।”

उनले वडा कार्यालयले हालसम्म सञ्चालन गरेका युवामुखी तालिम, बृद्धवृद्धाका लागि भत्ता व्यवस्थापन, सरसफाइ अभियान, सडक मर्मत, खानेपानी सुधारलगायतका योजनाको विवरण प्रस्तुत गरे। सार्वजनिक सुनुवाइमा स्थानीयहरूले स्वास्थ्य चौकीमा सेवा अभाव, ढल व्यवस्थापनको समस्या, सडक स्तरोन्नति, अपांगता परिचयपत्र वितरणको ढिलाइजस्ता विषय उठाए।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जनप्रतिनिधि र नागरिकबीच संवाद हुनुले लोकतन्त्र बलियो हुने बताए। उप–प्रमुख अनिता लामाले सार्वजनिक सुनुवाइ नागरिकको मौलिक हक भएको उल्लेख गर्दै वडाले स्थानीय आवश्यकता पहिचानमा प्राथमिकता दिनुपर्ने धारणा राखिन्। प्रमुख प्रशासकीय अधिकृतसहित वडा सदस्य, नागरिक समाज, युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता कार्यक्रममा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य