अनेरास्ववियु निर्वाचनः सात भोटले जोगायो बालुवाटारको इज्जत

-

काठमाडौँ, ३० जेठ। निर्वाचन भए सङ्गठनमा पहिरो जान्छ भन्दै आफू अनुकूल नेतृत्व ल्याउने प्रयास विफल भएको छ। अनेरास्ववियुमा त्यसको विरुद्ध निर्वाचन भएपछि त्यो असफल भएको सहभागीहरूले बताएका छन् ।
केही समय देखि नेकपा एमाले र त्यसको जन वर्गीय सङ्गठन भित्र मदन भण्डारीले  प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको घाँटी निमोठ्दै आफू अनुकूलको नेतृत्व ल्याउन सर्व सम्मत गर्ने नाउमा जबरजस्ती गर्ने क्रम बढ्दै आएको थियो।

सर्बसम्मतीको अर्थ महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मध्ये ९० प्रतिशतको मन जितेर  नेतृत्व तयार गर्नु हो।  तर यसका नाममा विगत केही समयदेखि एमाले भित्र शक्ति र सत्ताको दुरुपयोग गर्दै राम्रा होइन हाम्रा खोज्ने काम हुँदै आएको छ। यो क्रम बढ्दै गएपछि सर्वसम्मतका नाममा महाधिवेशनमा सहभागी ९० प्रतिशत प्रतिनिधिको मन रुवाएर नेतृत्व चयन गर्ने  प्रचलन बढ्दै गएपछि त्यसकोविरुद्धबिस्तारै निर्वाचन हुन लागेको हो। निर्वाचनका नाममा हुने अराजकता र सर्वसम्मतका नाममा हुने जर्बजस्ती दुवै जबजका सिद्धान्त भित्रका विषय होइन। जबज भनेको नै मित्रवत् प्रतिस्पर्धा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नु हो।
एमाले निकट  केही जन वर्गीय सङ्गठनमा मित्रवत् प्रतिस्पर्धाको फेरि पुनर्स्थापना हुने अभ्यास  सुरु भएको छ। त्यसको पछिल्लो उदाहरण हो  – युवासंघ र नेपाल र अनेरास्ववियुको निर्वाचन ।सकेसम्म पार्टीको मूल नेतृत्व यसरी हुने चुनावमा तटस्थ बसी देओस् भन्ने आम कार्यकर्ता चाहना  देखिन्छ। केन्द्रबाट खटिएको नेतृत्व समेत मिलेर बनेको अध्यक्ष मण्डलको भूमिका कुनैको पक्ष विपक्षमा नखुलोस् भन्ने हुन्छ। तर अध्यक्ष मण्डलमा रहेको नेतृत्व नै सर्वसम्मतका नाममा ९० प्रतिशत सहभागीको चित्त दखाँउदै आफ्नो गोजीबाट नाम निकालेर फुत्त भित्तामा टाँसेर हिँडेका धेरै उदाहरण भोगेका अनुभव सुनाउँछन् कार्यकर्ताहरू ।
यस पटक अनेरास्ववियुको इतिहासमा पहिलो डाक्टर अध्यक्ष बनेका छन् । त्यो पनि चिकित्सा विज्ञान तर्फका । एमालेका कार्यकर्ताका लागि यो एउटा गौरव र इतिहास राख्ने विषय हो। तर उनी झन्डै राजनीतिको सिकार भएका थिए। उनलाई च्याप्ने नाउमा पार्टीको मूल नेतृत्वले झन्डै अलपत्र पारेको थियो। प्रकाश पौडेल र सुजन कडेरिया दुईबिचको मतान्तर ७ परेको छ। त्यो ७ मतमा पार्टीको सत्ता शक्त सबैको  बल छ।  एमालेको आगामी महाधिवेशनको तस्बिर विद्यार्थीको निर्वाचनले देखाएको छ।

अनेरास्ववियुले जबजको मूल सिद्धान्तलाई स्थापित गर्दै स्वास्थ्य प्रतिस्पर्धाबाट आफ्नो नयाँ नेतृत्व निर्वाचित गरेको छ। अध्यक्षका दुई प्रत्याशी डा सुजनकडेरिया र प्रकाश पौडेलबिच भएको प्रतिस्पर्धामा ७ मतको अन्तरले पौडेललाई हराउँदै कडेरिया निर्वाचित भएका छन् ।   सबैतिर झोले आरोप लागिरहेको बेला अनेरास्वयुले त्यसलाई दह्रो झापड दिँदै  चिकित्सक – डाक्टरलाई पहिलो पटक अध्यक्ष बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य