अनेरास्ववियुमा जबजको जित, नया नेतृत्व निर्वाचित ,सर्वसम्मतका नाममा गरिने जर्बजस्ती अस्वीकार ( मतपरिणम विवरण सहित) 

-

काठमाडौं ३० जेठ। निर्वाचन भए सङ्गठनमा पहिरो जान्छ भन्दै आफू अनुकूल नेतृत्व ल्याउने प्रयास विफल भएको छ। अनेरास्ववियुमा त्यसको विरुद्ध निर्वाचन भएपछि त्यो असफल भएको सहभागीहरूले बताएका छन् ।
केही समय देखि नेकपा एमाले र त्यसको जन वर्गीय सङ्गठन भित्र मदन भण्डारीले  प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको घाँटी निमोठ्दै आफू अनुकूलको नेतृत्व ल्याउन सर्व सम्मत गर्ने नाउमा जबरजस्ती गर्ने क्रम बढ्दै आएको थियो। तर केही समयदेखि बिस्तारै त्यसलाई अस्वीकार गर्ने क्रम बढ्दै आएको छ। प्रतिस्पर्धा मा श्रेष्ठता भन्ने जबजको मूल सिद्धान्तलाई छोडेर ‘चाकडीमा अग्रता’ अभियान बढेको थियो ।
तर पछिल्लो पल्ट एमाले निकट अनेरास्ववियुले जबजको मूल सिद्धान्तलाई स्थापित गर्दै स्वास्थ्य प्रतिस्पर्धाबाट आफ्नो नयाँ नेतृत्व निर्वाचित गरेको छ। अध्यक्षका दुई प्रत्याशी डा सुजन कडेरिया र प्रकाश पौडेलबिच भएको प्रतिस्पर्धामा ७ मतको अन्तरले पौडेललाई हराउँदै कँडेल निर्वाचित भएका छन् ।   सबैतिर झोले आरोप लागिरहेको बेला अनेरास्वयुले त्यसलाई दह्रो झापड दिँदै  चिकित्सक – डाक्टरलाई पहिलो पटक अध्यक्ष बनाएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य