16.1 C
Kathmandu

आइएसएएस ब्यूटी स्कुल काठमाडौँमा सुरु, वर्षा सिवाकोटीले उद्घाटन गरिन्

Categories:

-

काठमाडौँ, जेठ २९ ।काठमाडौँको नयाँबानेश्वरमा अन्तर्राष्ट्रिय स्तरको ब्यूटी स्कुल आइएसएएस (ISAS) को नयाँ शाखा सुरु भएको छ। अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेको स्कुलमा करिब चार करोड ५० लाख रुपैयाँ लगानी भएको हो।

ग्लोबल ब्यूटी आइकन भक्ति साप्केको नेतृत्वमा सुरु गरिएको यो स्कुलमा ४५ भन्दा बढी अन्तर्राष्ट्रिय कोर्सहरू अध्यापन गरिनेछ। कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी जस्ता सीपहरूमा तालिम दिइनेछ।

छोटा र लामा दुबै अवधिका कोर्स उपलब्ध रहेका छन्, जसले युवाहरुलाई पाँचतारे होटल, लक्जरी स्पा, क्रुज तथा फेसन शोमा काम गर्न सहयोग पुर्‍याउनेछ।

भक्ति साप्केका अनुसार आइएसएएसले नेपाली युवालाई सीपयुक्त बनाउँदै अन्तर्राष्ट्रिय अवसरमा जोड्ने लक्ष्य लिएको छ। स्कुलले महिला सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धनमा पनि योगदान दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य