काठमाडौं जेठ २८। प्रेस चौतारीको विराटनगरमा सम्पन्न महाधिवेशनमा एमालेको जनबर्गीय सङ्गठनको अधिवेशनहरूमा भएको अधिकतम लोकतान्त्रिक अभ्यास भएको थियो । त्यो अभ्यासको सूत्र थियो– तँ चुप लाग, चुनावको माग गर्नेहरूलाई सदस्यताबाट चिलिम फर्काइदिन्छौ । १८ वर्ष देखि ७५ वर्षका उमेरका चौतारीका सदस्यहरूलाई धतुरो झार्ने यो हिम्मत र आँट पार्टीको केन्द्रीय नेतृत्वले नै गरेको थियो । त्यो पनि चमत्कारी रूपमा । चुनावका लागि आयोजना भएको महाधिवेशनमा चुनावका माग गर्नेहरू सबै अपराधी करार भएका थिए। किन कि चुनाव हुनुको अर्थ कसैको दाना पानी बन्द हुनु थियो।
पार्टीको विधानले दिएको आन्तरिक लोकतन्त्रमा सद् धाम हुसेनको शासन थियो। त्यसैले चुनाव माग गर्नेहरूको सदस्यता खारेजको चेतावनी दिएको थियो। राती अबेर सम्म अध्यक्षको मनोनयन पत्र उम्मेदवारी लिन बसेका राजेश राई र माधव नेपाललाई अध्यक्ष मण्डलका संयोजकको उतार थियो – म तपाईँलाई चाहेर पनि उम्मेदवारी फारम दिन सक्दिन , यो माथिको आदेश हो । त्यो आदेश यदि अन्धकार र अदृष्या थियो – को हो त्यो आदेश दिने माथि भनेको ।
यसको जवाफ नभई त्यो हल निरीह भयो किन कि उनीहरु माथिल्लो कमिटीको आदेश शिरोपर गर्न तयार थिए। यसका उमेरको पनि एक रुपता थिएन । यो गाई पाल्ने फर्म जस्तो थियो । गोठालोको आदेश पालना गर्नुको विकल्प थिएन। सधैँ पार्टी नेतृत्वसँग पौठाजोरी खेल्न सजिलो पनि थिएन, किन कि माथि उल्लेख गरियो यसमा सबै उमेर समू्रहका मानिसहरु छन् ।
अहिलेको प्रेस चौतारीको नेतृत्वलाई बारम्बार एउटा प्रश्न आउने गरेको छ टिके नेतृत्व । यसमा नेतृत्वमा आउने कोही असक्षम छैनन् । अझ अहिलेको अध्यक्ष गणेश पाण्डे त चौतारीको इतिहासमा देश विदेश घुमेको, पढे लेखेको , भलाद्मी सबैलाई सम्मान गर्न जाने छन् । त्यो सँगै अरु आएका नेताहरु पनि एकसे एक छन् । चौतारीको नेतृत्वमा कुनै प्रश्न उठाउने ठाउँ नै छैन। –तर माथिको आदेशले उहाँहरूको निष्कलङ्क अनुहारमा कालो धब्बा अहिले पनि छ। अहिलेको नै नेतृत्व निर्वाचन माध्यमबाट छान्नुस् भनेर केन्द्रले आदेश गरेको भ ए चौतारीका सदस्यहरूले उनीहरूलाई सजिलै छान्न पनि सक्थे र अहिलेको नेतृत्व थप गर्व गर्न लायक हुन्थ्यो ।
तर युवा सङ्घ र अनेरास्ववियुमा पनि चौतारीको जस्तो माथिको तोक आदेश लागु गर्न नखोजिएको होइन । शायद कुनै नयाँ अनुहार भ ए यो काम सजिलै हुन्थ्यो होला । तर पार्टीले थोत्रा र डेट एक्सायर अनुहारलाई तोका देश कार्यान्वयन गर्न पटाउँदा नेतृत्व र स्वयं पार्टी अध्यक्षसँग यो कुरा जोडेर हेरिएको छ। अब थोत्रा अनुहारहरूलाई सर्ब सम्मत होइन,जसरी पनि हार्दिकतापूर्ण नेतृत्व चयन गरे आउनु भनेर निर्देशन दिनुपर्ने अवस्था युवा सङ्घ र अनेरास्ववियुको महाधिवेशनले पुष्टि गरेको छ। अहिले माथिले जो चाह्यो, युवा सङ्घमा त्यो नेतृत्व तयार भएको छ।त्यसले न गुटबन्दी ग¥यो, न इज्जत घटायो । हार्नेले स्वीकार ग¥यो, जित्नेले बधाई पायो । शायद अखिलमा पनि यही हुँदै छ।
राष्ट्रिय युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे विजयी भएका थिए । थेबे १८८ मतान्तरले विजयी बनेका थिए । उनका जितको उन्माद देखिएन । थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याएका थिए । उनमा हारको नैराश्यता देखिएन।
युवा सङ्घ पछि अखिलमा तोका देश विरुद्धको आँट पलाएको छ। त्यसैले आज हुने निर्वाचनमा लागि २०३ पदका लागि ् ५ सय बढीको उम्मेदवारी परेको छ
अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।अध्यक्षमा डा। सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छन् ।
उपाध्यक्ष खुलामा ई। विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी ९लिपुलेक०, धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।
महासचिवमा दीपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले सचिवमा उम्मेदवारी हालेका छन् ।
त्यसै गरी यस पटकदेखि थप गरिएको अनुशासन, लेखा र नीति तथा अनुगमन आयोगमा प्रकाश विष्ट, बिराज अर्याल र धर्मशील रोकायाको उम्मेदवारी परेको छ ।
अधिवेशनले १५१ सदस्यीय केन्द्रीय कमिटी, आयोगका पदाधिकारीसहित १३ जनासमेत गरी २०३ पदका लागि ५ सय बढी उम्मेदवारी परेको छ । आयोग प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुनेछन् ।४९ सदस्यीय सचिवालय पनि हलले नै चुन्नेछ ।