एमाले निकट विद्यार्थी संगठनमा ‘माथिको तोक–आदेश’ खारेज, भोलि चुनाव हुने

-

काठमाडौं २७ जेठ । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।यस अघि युवा संघको नेतृत्वको लागि निर्वाचन भएको थियो। युवासंघमा पनि नेतृत्वको तोक आदेश अनुसार निवाचन नगराई नियुक्ति घोषणा गर्ने तयारी थियो। तर हलमा नाराबाजी र होहल्ला भएपछि निर्वाचन भएको थियो। यद्यपी युवा संघमा केन्द्रले चाहेको नेतृत्वले निर्वाचन जितेको थियो। हार्ने र जित्ने पक्ष दुबैले हार्दिकतापूर्ण रुपमा त्यसलाई स्विकार गरेका छन् ।
यस अघि बिराटनगरमा सम्पन्न प्रेस चौतारीको महाधिवेशनमा निर्वाचन गर्न पार्टीको हाइकमाण्डले चाहेका नेतृत्वले नजित्ने भएपछि निर्वाचन प्रक्रिया सुरु नै नगरी एकातर्फी घोषणा गरिएको थियो। जसबाट अन्य जनबर्गीय संगठले पाठ सिक्दै निर्वाचनको पक्षमा उभ्याउन थालेका छन् । अनेरास्ववियुको महाधिवेशनमा पनि त्यही पाठ सिक्दै चुनावको माग गरेपछि माथिको तोक आदेश विफल भएको छ।

बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरे पनि सहमति नजुटेपछि निर्वाचन समितिले मंगलबार कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरे ।
कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ । मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य