सीके राउतले गरे पत्रकार संघको घोषणा, अवधेश झा अध्यक्ष चयन

Categories:

-

काठमाडौं, जेष्ठ २६ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नै पार्टी निकट पत्रकार संगठन ‘प्रेस जनमत संघ’ घोषणा गरेका छन्। उनले २१ सदस्यीय तदर्थ समिति गठन गर्दै पत्रकार अवधेशकुमार झालाई केन्द्रीय अध्यक्ष चयन गरेका छन्। संघको सहअध्यक्षमा रामनारायण विश्वास र सचिवमा ललनकुमार मण्डल चयन गरिएको छ।

राउतले उक्त घोषणा आफ्नै पार्टीको लेटरप्याडमा सार्वजनिक गरेका छन्। जनमत पार्टीले सुदृढ संगठन विस्तारको रणनीति अन्तर्गत सञ्चार क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले प्रेस संघ गठन गरेको स्रोतको दाबी छ।

यसअघि जनमत पार्टीले युवासंघ, विद्यार्थी संगठन लगायत अन्य भ्रातृ संस्थाहरू गठन गरिसकेको छ। सञ्चार क्षेत्रमा प्रवेश गर्न खोजिएको यो नयाँ कदमले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ बहसको सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य