बाढी आउँदैछ ! मौसम विभागले जारी गर्‍यो आपतकालीन चेतावनी – यी ८ जिल्ला उच्च जोखिममा

Categories:

-

काठमाडौं, जेठ २५ — जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आइतबार (जेठ २५) बिहान जारी गरेको बुलेटिनमार्फत आठ जिल्लाका साना खोलानदीमा बाढीको जोखिम रहेको जानकारी दिएको छ। महाशाखाले इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर जिल्लामा वहने केही ससाना नदी तथा खोलामा पानीको बहाब बढ्न सक्ने पूर्वानुमान गरेको हो।

बुलेटिनमा नदी किनार आसपासका बासिन्दा र तिनका गतिविधिमा संलग्न जनतालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। पछिल्ला दिनमा पूर्वी नेपालका विभिन्न भागमा भइरहेका वर्षाका कारण नदीहरूको वहाबमा उतारचढाव देखिन थालेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनसम्म (मंगलबारसम्म) को संभावित बाढीबारे समेत जानकारी दिँदै कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने प्रक्षेपण गरेको छ। यद्यपि यी नदीहरूमा पानीको सतह घटबढ भइरहने भएकाले तटीय क्षेत्रका गतिविधिमा सामान्य सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, कन्काई, कमला र बागमती नदीमा पनि केही हदसम्म बहाव बढ्न सक्ने देखिएकाले विशेष सावधानी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। सतर्कता नअपनाएमा नदी तटीय क्षेत्रमा साना दुर्घटना तथा जनधनको क्षति हुन सक्ने जोखिम हुने भएकाले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई तयार रहन आग्रह गरिएको छ।

देशको भूगोल, वर्षा र नदी प्रवाहको स्थितिलाई ध्यानमा राख्दै महाशाखाले दैनिक रुपमा बाढीसम्बन्धी पूर्वानुमान तथा चेतावनी सार्वजनिक गर्दै आएको छ। विशेषगरी मनसुन सुरु हुनुअघि नै पूर्वी तथा मध्य भूभागमा बाढीको जोखिम देखिन थालेकाले समयमै सतर्कता अपनाउनु आवश्यक भएको विज्ञहरू बताउँछन्।

हेर्नुहोस् बुलेटिन 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य