6.1 C
Kathmandu

सिफल चौरको आन्दोलनले बालबालिकाको पढाइ ठप्प !

Categories:

-

काठमाडौं, जेठ २१ । राजसंस्था पुनर्स्थापना, हिन्दु राज्य स्थापनासहित संघीयता खारेजीको माग राख्दै आन्दोलनरत राप्रपा, राप्रपा नेपाललगायत राजावादी शक्तिहरुको विरोध कार्यक्रमले काठमाडौंको सिफलस्थित एक विद्यालयको पठनपाठनमा असर पुगेको भन्दै विद्यालय प्रशासनले आन्दोलन स्थल परिवर्तनको माग गरेको छ।

बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई लेखिएको पत्रमा जेठ १५ गतेदेखि सुरु भएको आन्दोलन सिफल चौरमा केन्द्रित भएपछि विद्यार्थीहरुको अध्ययन प्रभावित भएको उल्लेख छ। विद्यालयले आन्दोलनमा नाराबाजी, जुलुस तथा चर्को आवाजमा बजाइने संगीतले कक्षा सञ्चालनमा बाधा पुगेको र सुरक्षा चुनौती पनि देखिएको जनाएको छ।

विद्यालयद्वारा सीडीओलाई पठाइएको पत्रमा भनिएको छ, “यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकाले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरु भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शान्तिक्षेत्र भएकाले विद्यार्थीहरुले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालगायत राजावादी समूहहरुलाई सिफल, बल्खु र कोटेश्वर क्षेत्रमा मात्र विरोध कार्यक्रम गर्न अनुमति दिएको भए पनि विद्यालय क्षेत्रमा आवाजले सिर्जना गरेको असरलाई लिएर अहिले आन्दोलनको स्थान सार्न दबाब बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य