महानगर प्रहरी प्रमुखबाट पाण्डे हटाइए, जोशीलाई नयाँ जिम्मेवारी , चैत २१ को घटना छानबिन गर्न समिति गठन

Categories:

-

काठमाडौं २० जेठ। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनाको छानबिनका लागि जाँचबुझ समिति समेथ गठन गरेका छन् । नगर प्रहरी प्रमुख राजु पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर उनले जाँचबुझ समिति बनाएका हुन् ।

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य