17.1 C
Kathmandu

एमालेमा गज्जबको एउटा अभियान ‘झोले’ 

-

काठमाडौ, १९ जेठ।  एक जना व्यक्ति राजा चाहियो भनेर आन्दोलन गर्नेहरू क्रान्तिकारी भएको दाबी गर्दै लोकतान्त्रिक गणतन्त्र पक्षधरलाई झोले भन्दै होच्याउन थालेपछि नेकपा एमालेले  गज्जबको अभियान सञ्चालन गरेको छ। जनताका सेवामा काम गर्ने आफूहरू झोले भएको भन्दै  राजा ल्याउन आन्दोलन गरिरहेकाहरूलाई गज्जबको व्यङ्ग्य गरेको छ।
यो अभियानमा आफ्नो फोटो राखेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जनताको लागि झोले भएको  पोस्टर सार्बजनिक गरेका छन् । यसलाई अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पछ्याएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको दाबी गरेका छन्  । शनिवार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताए ।

उनले  आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने दाबी गरे  । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको बताउँदै राजावादी आन्दोलनमा लागेकाहरूलाई व्यङ्ग्य गरेका छन् ।  आफू इतिहास नमर्काउने, नबङ्ग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको उनले दाबी गरे  ।

‘झोले अभियान’ भन्ने नामले केही आलोचना र व्यङ्ग्यको सामना गरिरहेको भए पनि एमालेले यसलाई एउटा  समाजिक संञ्जाल मार्फत सुरु गरेको अभियानका रुपमा लिएको छ।  ‘झोले’ भन्ने शब्द प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो, जसले कार्यकर्ताको सक्रियता, परिचालन र पार्टीमा समर्पण झल्काउँछ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य