पूर्व राष्ट्रपति भण्डारी चीन भ्रमण सकेर स्वदेश फिर्ता,  अनेक आसा र अनुमान 

Categories:

-

काठमाडौं, १९ जेठ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी  १० दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्।
दिने चीन भ्रमणबाट फर्किएकी पूर्व राष्ट्रपति विद्या भण्डारीले आफ्नो भ्रमण राम्रो भएको प्रतिक्रिया दिएकी छन् ।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भ्रमण राम्रो भएको र बाँकी कुरा उद्योग मन्त्री दामोदर भण्डारीले बोल्ने भनेर बाहिरिइन् ।

कम्युनिस्ट एकताको बारेमा सोधिएको प्रश्नको पूर्व राष्ट्रपति भण्डारीले जवाफ दिइनन् । भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कतिपयले भण्डारीलाई आगामी महाधिवेशनबाट एमालेको नेतृत्वको रूपमा हेरेका छन् । एमाले नेतृत्वमा भण्डारीलाई ल्याएर कम्युनिस्ट एकता गर्ने चिनियाँ चाहना रहेको चर्चा छ । नेपालमा पनि कम्युनिष्ट पार्टी भित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र भण्डारीको नेतृत्वमा त्यसलाई मजबुत बनाउन सकिने अपेक्षा गरिएको छ।

भ्रमण टोलीमा सँगै गएका मन्त्री भण्डारीले, ‘अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन। त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श गर्ला । र निर्णय गर्ला । तर यो भ्रमण सद्भाव भ्रमण मात्रै हो। उहाँको भ्रमण दलमा पार्टी र सरकारको पनि सहभागिता छ ।’
नेपाल चीनबिचको सम्बन्धलाई पुनर् ताजगी गराएको भ्रमण टोलीले जनाएको छ। टोलीमा सहभागी रहेका मन्त्री तथा एमाले नेता भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण फलदायी र सफल भएको बताए।

उनले पूर्व राष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यसहित स्वागत गरेको बताए। उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए। ‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कङ्ग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर् ताजगी भयो।’

त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर् ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ। पूर्व राष्ट्रपति भण्डारीको टोली १० दिनअघि चीन भ्रमणमा गएको थियो। टोलीमा एमाले नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य