spot_img
28.1 C
Kathmandu
Sunday, June 22, 2025

राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात ठप्प, यात्रुहरू हिँडेरै गन्तव्यमा

-

आशिष गुरागाईं

काठमाडौं, १९ जेठ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सवारीसाधन सञ्चालन गर्न अनुमति दिने गरी ल्याएको नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले आज देशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरू मर्कामा परेका छन्।

लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन नचल्दा राजधानीका मुख्य चोकहरूमा बिहानैदेखि मानिसहरू गन्तव्यतर्फ हिँडेरै जान बाध्य भएका थिए।

 

सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत यात्रुलाई सहज सेवा दिने नीतिमा अघि बढ्दा यातायात व्यवसायीहरू आफ्नो व्यवसाय धरापमा पर्छ भन्ने डरले आन्दोलनमा उत्रिएका हुन्।

सर्वसाधारणले सरकार र व्यवसायीहरूलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्।

यातायात बन्दपछि सुनसान उपत्यकाका चोक 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चोक
कमल पोखरी चोक
दरबार मार्ग
चाबहिल चोक

 

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग