12.1 C
Kathmandu

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, यस्तो छ मूल्य समायोजन प्रक्रिया

Categories:

-

काठमाडौं, १७ जेठ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा १/१ रुपैयाँ बढाइएको छ।

नेपाल आयल निगमका प्रवक्ताका अनुसार भारतीय आयल निगमबाट आयात हुने इन्धनको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो।

नेपालमा इन्धन मूल्य समायोजन प्रक्रिया यस्तो छ :

  1. भारतीय आयल निगम (IOC) बाट इन्धन आयात
  2. १५–१५ दिनमा नयाँ मूल्यसूची (CIF मूल्य सहित) प्राप्त
  3. नेपाल आयल निगम (NOC) मा मूल्य निर्धारण समिति बस्छ
  4. मूल्य निर्धारणका तत्वहरू:
    • CIF मूल्य
    • करहरू (VAT, भन्सार शुल्क)
    • ढुवानी र बैंक शुल्क
    • सञ्चालन खर्च तथा मुनाफा
  5. घाटा वा नाफाको मूल्यांकन
  6. मूल्य समायोजन निर्णय (बढ्ने वा घट्ने)
  7. सञ्चालक समितिको स्वीकृति
  8. प्रेस विज्ञप्तिबाट नयाँ मूल्य लागू गर्ने प्रचलन

🔺 मूल्य बढ्ने कारणहरू

  • IOC मूल्य वृद्धि
  • डलर महँगो हुदाँ ।
  • तेलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि हुदाँ ।
  • सरकारी कर वृद्धि हुदाँ ।

🔻 मूल्य घट्ने कारणहरू

  • IOC मूल्य घट्नु
  • तेलको अन्तर्राष्ट्रिय मूल्य घट्दा ।
  • सरकारद्वारा कर छुट हुदाँ ।
  • घाटा कम  हुदाँ ।
प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य