spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

बुढानिलकण्ठ–१२ को परिचयात्मक पुस्तक सार्वजनिक

-

काठमाडौं, १७ जेठ —  बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक तथा विकासको समग्र जानकारी समेटिएको “वडाको परिचय: बुढानिलकण्ठ–१२” पुस्तक आज एक औपचारिक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी सहभागी थिए भने  कार्यक्रमको अध्यक्षता वडा नम्बर १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई ले गरेका थिए ।

पुस्तक ११ वटा खण्ड र एक परिशिष्ट खण्डमा विभाजित गरिएको छ। पहिलो खण्डमा नगरपालिकाको संक्षिप्त परिचय, दोस्रो खण्डमा वडाभित्र रहेका मठमन्दिर र धार्मिक स्थलहरूको विवरण समावेश छ। तेस्रो खण्डमा २०७९ सालदेखि निर्वाचित जनप्रतिनिधिहरूको विवरण समेटिएको छ भने चौथो खण्डमा वडाका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको परिचय दिइएको छ।

पाँचौँ खण्डमा टोल विकास समिति, ढल सुधार समिति लगायत स्थानीय संरचनाहरूको विवरण छ। छैठौँ खण्डमा वडाभित्रका विद्यालय र तिनका सञ्चालक समितिका सदस्यहरूको जानकारी समावेश गरिएको छ। सातौँ खण्डमा स्वास्थ्य संस्था, आठौँमा सहकारी संस्था र खेलाडीहरू, नवौँमा सुकुम्बासी तथा फरक क्षमता भएका व्यक्तिहरूको विवरण समेटिएको छ।

दशौं खण्डमा वडामा बसोबास गर्दै उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीहरूको नामावली राखिएको छ भने एघारौँ खण्डमा २०७४ सालदेखि हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको विवरण प्रस्तुत गरिएको छ।

कार्यक्रममा बोल्दै मेयर मिठाराम अधिकारीले वडास्तरमा यस्ता दस्तावेजी पुस्तक तयार गर्नु उदाहरणीय कार्य भएको बताए। वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले पुस्तकले वडाको इतिहास, वर्तमान र सम्भावनाहरू उजागर गरेको टिप्पणी गरे।

लेखक लुइटेलले पुस्तक तयार पार्न डेढ वर्षभन्दा बढी समय लागेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग