23.1 C
Kathmandu

आलम सफाइको फैसलापछि प्रश्न ‘ इँटा भट्टामा जिउँदै  पोलिएका पाँच जना खोइ श्रीमान्?

-

काठमाडौं,१६ जेष्ठ । २०६४ सालमा रौतहटमा भएको बम विस्फोट घटनामा संलग्नता आरोप लागेका मोहमद आलमलाई उच्च अदालत वीरगन्जले हालै  सबै आरोपबाट सफाइ दिएपछि नेपालको न्याय प्रणाली, राजनीतिक प्रभाव, र न्यायिक प्रक्रियाको पारदर्शितामाथि विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन्। अदालतको यो फैसलाले कानुनी दृष्टिकोणबाट एउटा महत्त्वपूर्ण मोड लिएको भए पनि सार्वजनिक रूपमा यसप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। यद्यपी न्यायालयबाट भएको फैसलाहरू सबैले स्वीकार गर्नुको विकल्प देखिँदैन।

न्यायालयबाट भएका फैसलाहरू सबैले स्वीकार गरे पनि सार्वजनिक रूपमा टिका टिप्पणी हुने र जनताको मनमा समेत न्यायको अनुभूति हुनुपर्ने हो। नेपालको कानुनी प्रणालीमा न्यायाधीश र न्यायाधीशले गरेका फैसला उपर कुनै टिका टिप्पणी गर्नु नहुने मान्यतालाई बिस्तारै  नेपाली समाजमा अस्वीकार्य हुँदै आएको छ।  यसमा न्यायालयबाट भएका फैसला र बेला बेलामा न्यायाधीशहरूको आचरण नै प्रमुख कारण बन्दै आएका छन् ।

यिनै विवादको घेरो भित्र परेको छ उच्च अदालत वीरगन्जले कांग्रेस नेता आलम सम्बन्धी गरेको फैसला । यो फैसलाप्रति आलम भन्दा  बाहेक कोही अरु सन्तुष्ट देखिएका छैनन् ।

अहिले  सबैतिर सो फैसलापछि  सबैका औला एकैतिर ठडिएका छन् –६५ सालमा इँटा भट्टामा हालिएका पाँच जना कहाँ छन् श्रीमान्?  यस बिषयमा  कानुनका ज्ञाता रहेका पत्रकार शिव गाँउलेले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् – इँटा भट्टामा हालिएका  ती ५ जना कहाँ छन् ?

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – आफताब आलम मामिलामा वीरगन्ज इजलासको फैसलामा गम्भीर प्रश्नहरू छन्। परिस्थितिजन्य प्रमाणको यो हदको बेवास्ताले अदालतले कस्तो फौजदारी न्याय स्थापित गर्न खोजेको हो सार्वजनिक बहस जरुरी छ। “उसो भए भट्टीमा हालिएका भनिएकाहरू कहाँ छन् त ?“ भनेर परिवार र  समाजले सोध्नु नाजायज हुँदै होइन ।

जिउँदै मान्छेलाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटबाट जन्मकैद सजाय पाएका कांग्रेस नेता एवं पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । जिल्लाको फैसलाले अन्याय भएको भन्दै उच्च गएका आलमलाई न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले बुधवार ‘न्याय’ दिने फैसला गरेको हो । ललितपुरको लक्खु कारागारमा कैद भुक्तान गर्दै आएका आलम उच्चको फैसला लगत्तै रिहा भएका छन् ।

२८ चैत ०६४ को संविधानसभा निर्वाचनमा रौतहट– २ बाट कांग्रेस उम्मेदवार बनेका आलमले चुनाव जित्नका लागि विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले अघिल्लो दिन २७ चैतको साँझ निहत्था युवालाई बम बनाउन प्रयोग गरेका थिए । राजपुर नगरपालिका– २ (साबिक फरहदवा गाउँ) स्थित शेख इन्द्रिस (आलमका काका)को गोठमा बम बनाउँदै गर्दा विस्फोट भएर भारतीयसहित कैयौँ युवाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । घटना गुपचुप पार्न आलमकै व्यवस्थापनमा घाइतेहरूलाई समेत बेहोस हुने सुई लगाएर बोरामा प्याक गरी ट्र्याक्टरमा लोड गरेर आलमकै दाइ मुस्ताफको इँटा भट्टामा पु¥याई जिउँदै जलाएर मारिएको थियो । त्यसरी मारिएकामा दुई नेपाली युवा थिए रौतहटकै यमुना माई, सरुहट्ठाका २२ वर्षीय त्रिलोक प्रताप सिंह (पिन्टु) र ओसी अख्तर ।

त्रिलोकका बुवा श्रीनारायण र ओसीकी आमा रक्साना खातुनले दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालतले १३ वैशाख ०८१ मा आलमसहित उनका भाइ महताब आलम तथा सहयोगीहरू शेष सेराज र बद्री सहनीलाई ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्मकैद सुनाएको थियो । तर, जिल्लाको उक्त फैसला उल्ट्याउँदै उनीहरू चारै जनालाई सफाइ दिएको छ । ‘।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य