दुई बजे अघि राजावादीहरु चक्रपथ भित्र नपस्ने, उपत्यकामा एमालेको प्रदर्शन सुरु, वाटर क्यानन, अश्रु ग्यास तथा गोलीगठ्ठाहरु तयारी अवस्थामा

-

 

काठमाडौं । आजको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।

गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।

त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो ।

उच्च निगरानीमा राजावादीहरु

प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् । दक्षिणी ललितपुरका विभिन्न स्थानबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने उनीहरूको योजना प्राप्त भएका कारण सोहीअनुसार प्रहरी परिचालित भएका छन् ।

भक्तपुरबाट पनि कोटेश्वर हुँदै उनीहरू काठमाडौं प्रवेश गर्ने कारण उनीहरूलाई २ बजेसम्म मनोहरा पुलमै रोकिने भएको छ ।

एमाले प्रदर्शनकारी भने विभिन्न स्थानबाट बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरतिर जम्मा हुन थालिसकेका छन् । उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने गरी प्रहरी टोली परिचालित छ ।

राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।

प्रहरी उपकरण तयारी अवस्थामा

प्रहरीले आफूसँग रहेको वाटर क्यानन, अश्रु ग्यास तथा गोलीगठ्ठाहरु तयारी हालतमा राखेको छ । आजको सुरक्षा व्यवस्थाअनुसार सम्पूर्ण प्रहरी परिचालनको नेतृत्व गर्न काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारी तोकिएका छन् ।

 

🔐 मुख्य सुरक्षा तयारीहरू:

  • ३८ सय प्रहरी काठमाडौं उपत्यकामा तैनाथ।

  • राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिसँगै सैनिक मञ्च टुँडिखेलमा प्रमुख सुरक्षा कडाइ।

  • विशेष सुरक्षा गण, दंगा गण, पहरा गण, गुल्म र हेडक्वार्टरका टोली परिचालित।


⚠️ प्रदर्शनकारीहरूप्रति उच्च निगरानी:

🔸 राजावादी समर्थकहरू:

  • ललितपुर, भक्तपुर प्रहरीलाई जिल्लाबाट काठमाडौं आउने भीड व्यवस्थापनको जिम्मेवारी।

  • २ बजेसम्म चक्रपथ बाहिरै रोक्ने नीति।

  • शान्तिबाटिका प्रवेश २ बजेपछि मात्र।

  • गौशाला–सिनामंगल–तीनकुने क्षेत्रमा भिड हुन नदिने।

🔸 राप्रपा कार्यकर्ताहरूको योजना:

  • लुभु, लामाटारबाट भक्तपुर हुँदै कोटेश्वर।

  • दक्षिणी ललितपुरबाट चापागाउँ–जावलाखेल।

  • मनोहरा पुलमै रोक्ने रणनीति।

🔸 एमाले प्रदर्शनकारीहरू:

  • बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु, त्रिपुरेश्वर मा जम्मा हुने सूचना।

  • निषेधित क्षेत्रमा प्रवेश रोक्न प्रहरी परिचालन।


🧰 प्रहरीको विशेष उपकरण तयारी:

  • वाटर क्यानन, अश्रुग्यास, गोलियाँ तयारी अवस्थामा।

  • समन्वय र निर्देशनमा एसएसपी विश्व अधिकारी नेतृत्वमा प्रहरी परिचालन।


✈️ विमानस्थलमा उच्च सतर्कता:

  • नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी संयुक्त टोली परिचालित।

  • गोल्डेनगेट, आयल निगम डिपो, कोटेश्वर अवतरण विन्दु उच्च निगरानीमा।

  • एसएसपी सोमेन्द्रसिंह राठौर नेतृत्वमा विमानस्थल सुरक्षा।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य