काठमाडौँ , जेठ ८ — निजी विद्यालयहरूको साझा संस्था नेसनल प्याब्सन बुढानिलकण्ठ पुनर्गठन गरिएको छ। हालै सम्पन्न बैठकमार्फत राजेन्द्र पुडासैनीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिमा मुरारी चालिसे उपाध्यक्ष, मोहन फुयाल सचिव, सुवास कोइराला कोषाध्यक्ष तथा शम्भु अधिकारी, कमलमणि न्यौपाने, मनोज नेपाल, पवित्रा राना, र रमेश खतिवडा सदस्यका रूपमा चयन भएका छन्।
संस्थाका नव निर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीले आगामी दिनमा बुढानिलकण्ठ क्षेत्रका निजी विद्यालयहरूको गुणस्तर अभिवृद्धि, नीतिगत सहकार्य र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस पुनर्गठनसँगै प्याब्सन बुढानिलकण्ठले सदस्य विद्यालयबीच सहकार्य, तालिम तथा अभिमुखीकरण कार्यक्रम, शिक्षा क्षेत्रमा विद्यमान चुनौतीहरूको समाधान तथा अभिभावक र विद्यालयबीच सम्बन्ध सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने बताइएको छ।


