spot_img
23.1 C
Kathmandu
Thursday, June 12, 2025
spot_imgspot_imgspot_img

गौशालामा एकैचोटि आठ सवारी ठोक्किए! बसले मच्चायो आतंक, चालक फरार

-

काठमाडौं, ७ जेष्ठ  । काठमाडौंको गौशालामा आज बिहान भएको एक अनियन्त्रित बसको ठक्करले आठ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस तिलगंगातर्फ जाँदै गर्दा अनियन्त्रित भएर अगाडि रहेका सवारीहरूलाई एकपछि अर्को गर्दै ठक्कर दिएको हो।

यस दुर्घटनामा परी तीन जना यात्रु घाइते भएका छन्। धादिङ ज्वालामुखी गाउँपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका–२ का विकास कट्टेल र खोटाङ हलेसीका शैलेन्द्र राई घाइते भएको पुष्टि भएको छ। तीनै जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ठक्करबाट स्कुटरदेखि मोटरसाइकल र कारसम्म क्षतिग्रस्त भएका छन्। क्षति व्यहोरेका सवारीसाधनहरूमा बा ५ ख ७३१ नम्बरको हायस, बा.प्र–०१–०२६ च ८५७६ र बीएसी ९७७३ नम्बरका कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ र बा ५१ प २२ नम्बरका मोटरसाइकल, र बाप्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटर रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना बिहान १०:५५ बजे भएको थियो। बस अनियन्त्रित भई अगाडि रहेका सवारीहरूमाथि जथाभावी ठोक्किएको देखिएको छ। तर, दुर्घटनापछि बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग