spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

महिला तथा सामाजिक मामिला समितिको बैठकमा माइक प्रहार, सांसद कुसारी आक्रोशित

-

काठमाडौं, ७ जेष्ठ  — प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक प्रहार गरेकी छन्। बैठकका क्रममा सभापतिले बोल्ने अवसर नदिएको भन्दै सांसद कुसारी आक्रोशित बनेकी थिइन्।

बैठकमा सहभागी एक सांसदका अनुसार सभापति साहले विपक्षी दलका सांसदहरुलाई बोल्न नदिएपछि कुसारी असन्तुष्ट भइन्। उनले विगतका केही असन्तुष्टिहरूसमेत उठाउँदै ‘कार्यक्रम तथा अनुगमनमा आफ्ना निकटका मान्छे मात्र सहभागी गराउने र भत्ता वितरणमा समेत विभेद गर्ने’ आरोप लगाइन्। यसै क्रममा विवाद चर्किँदै गएपछि कुसारीले आक्रोशमा आएर आफ्नो अगाडि राखिएको माइक र नेमप्लेट उठाएर सभापति साहतर्फ प्रहार गरेकी हुन्।

यद्यपि, माइक सभापतिलाई नलागेको जानकारी प्राप्त भएको छ। घटनापछि बैठकमा तनावपूर्ण वातावरण सिर्जना भयो। केही समय बैठक स्थगित गरेपछि समितिको बैठक पुनः सुरु भएको छ। बैठकमा भएको अप्रत्याशित घटनाको जानकारी पाउने बित्तिकै सभामुख देवराज घिमिरेले सम्बन्धित सांसदहरूसँग छलफल गर्न निर्देशन दिएका छन्।

संघीय संसद्को समितिमा यसरी शारीरिक आक्रोश देखिनु दुर्लभ मानिन्छ।

यसबारे माओवादी केन्द्रले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन भने समितिका सभापति साहले पनि कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग