काठमाडौं, २१ वैशाख । अमेरिकाले नेपालमा सञ्चालन गर्दै आएको सहयोग नियोग युएसएआईडी र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका सबै कार्यक्रम स्थगित गरेपछि अमेरिकी राजदूत डिन आर. थम्पसन आज बिहान सिंहदरबार पुगेका हुन् ।
राजदूत थम्पसन बिहान करिब ९:३० बजे अर्थ मन्त्रालय पुगेका थिए । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग करिब आधा घण्टासम्म भेटवार्ता गरि छलफलपछि राजदूत मन्त्रालयबाट बाहिरिएका थिए ।
विश्वसनीय स्रोतका अनुसार हालै अमेरिकी सहयोग कार्यक्रमहरू रोकिएपछि उत्पन्न परिस्थितिका बारेमा स्पष्टता लिन र आगामी रणनीति तय गर्न राजदूतको यो भेटवार्ता भएको बताइन्छ ।