17.1 C
Kathmandu

नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै, एक वर्षमा ७३ घटना

Categories:

-

आशिष गुरागाईं /काठमाडौं, २० वैशाख ।  नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्ला वर्षको तुलनामा बढेको देखिएको छ। सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मको एक वर्षको अवधिमा ७३ वटा घटनामा १५१ जना पत्रकार तथा सञ्चारकर्मी र ५ सञ्चार संस्था पीडित बनेको प्रतिवेदनमा उल्लेख छ।

resource_1746252579

गत वर्ष सोही अवधिमा ६२ वटा मात्र यस्ता घटना अभिलेख भएका थिए। महासंघको सञ्चार अनुगमन इकाइद्वारा तयार गरिएको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन २०८२’ का अनुसार, पत्रकारमाथि शारीरिक आक्रमण, धम्की, दुर्व्यवहार, गिरफ्तारी, समाचार संकलनमा अवरोधजस्ता घटना उल्लेखनीय रूपमा बढेका छन्।

यो अवधिमा दुई जना पत्रकारको हत्या भएको दुःखद तथ्यसमेत प्रतिवेदनमा उल्लेख छ। एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनीमा परी ज्यान गुमाए भने सुरेश भुल २०८१ कात्तिक २६ गते कैलालीमा कुटपिटबाट मारिएका थिए।

प्रेस स्वतन्त्रता हननका ७३ घटनामध्ये सबैभन्दा बढी २४ वटा घटना दुर्व्यवहार तथा धम्की सम्बन्धी छन्, जुनले पत्रकारहरूलाई मानसिक दबाबमा काम गर्न बाध्य बनाएको महासंघको ठहर छ। त्यस्तै २० आक्रमण, १६ पेशागत असुरक्षा, ९ कब्जा तथा अवरोध, र २ पत्रकार गिरफ्तारी भएका छन्।

प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ३८ घटना अभिलेख भएका छन्। मधेशमा १२, कोशी र सुदूरपश्चिममा ६/६, गण्डकी र कर्णालीमा ४/४ र लुम्बिनीमा २ घटना भएका छन्।

महासंघकी अध्यक्ष निर्मला शर्माले बदलिँदो प्रविधि, कृत्रिम बुद्धिमत्ता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अभाव, र न्यून पारिश्रमिकजस्ता समस्या कायमै रहेको भन्दै सरकार तथा सरोकारवालालाई पत्रकारको पेशागत तथा भौतिक सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेकी छन्।

महासंघले सबै प्रकारका दमन, दुर्व्यवहार, आक्रमणको अन्त्य गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान, दण्डहीनताको अन्त्य, र प्रेसमैत्री वातावरण निर्माणको माग समेत गरेको छ।

 




प्रेस स्वतन्त्रता हनन – प्रदेशगत विवरण


प्रदेशअनुसार प्रेस स्वतन्त्रता हननका घटना (२०८१-२०८२)



प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य