spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

कामपाको ‘सीप मेला २०८२’ जेठ ७ गतेदेखि टुँडिखेलमा

-

काठमाडौँ, २० वैशाख । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ। मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का अनुसार, मेलाको माध्यमबाट सीपयुक्त जनशक्ति तयार पारेर सुरक्षित रोजगारी, उत्पादन वृद्धि र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्य लिइएको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ देखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत सीपमूलक तालिम अभियान सञ्चालन गर्दै आएको छ। यस अभियानमार्फत १५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरिने र कम्तीमा ५ हजार जनालाई रोजगार वा स्वरोजगारमा जोड्ने लक्ष्य राखिएको छ।

प्रमुख शाहका अनुसार, सीप नजानेकालाई नयाँ सीप सिकाउने र सीप भएका व्यक्तिको व्यावसायिक क्षमता अभिवृद्धि गराएर बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने मेलाको मूल उद्देश्य हो। यसै मेलाको पहिलो संस्करण २०८१ सालको श्रमिक दिवसका दिन टुँडिखेलबाट सुरु गरिएको थियो, जसमा ६८ हजारभन्दा बढी आवेदन प्राप्त भएका थिए।

महानगरले रोजगारी र स्वरोजगारमा आबद्ध नभएका युवालाई उद्योग तथा कम्पनीहरूसँग सहकार्य गर्दै अन द जब ट्रेनिङ (On the Job Training) पनि गराउँदै आएको छ। कामपाका अनुसार, सीप अभावले अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बस्न बाध्य जनशक्तिलाई औपचारिक क्षेत्रमा रुपान्तरण गराउने प्रयास मेलाको अर्को उद्देश्य हो।

यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालन गरिनेछ। तालिमका लागि काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, तथा विगतमा सडक वा ठेलामा व्यापार गर्नेहरूलाई प्राथमिकता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग