पाथीभरा जाने यात्रु बोकेको जिपमा आगलागी, चार जनाको मृत्यु

Categories:

-

काठमाडौँ,८ वैशाख । ताप्लेजुङ  पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको जिप सोमबार बिहान ताप्लेजुङको सेवारो चोकमा दुर्घटनामा परि आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्बरको जिप विद्युतको लत्रिएको तारमा छोइँदा आगलागी भएको हो।

मृतकमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, भद्रपुरका ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्। घाइते ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यको उपचार भइरहेको छ।

स्थानीयवासीले लामो समयदेखि लत्रिएका तार हटाउन आग्रह गर्दा पनि बेवास्ता गरिएको बताएका छन्। यो दुर्घटनाले राज्यको पूर्वाधारप्रति चरम लापरबाही उजागर गरेको छ। सेवारो चोक अहिले शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य