spot_img
23.1 C
Kathmandu

कविताको उत्सव: कपनमा ‘कविता क्यालेण्डर–२०८२’ सार्वजनिक

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, चैत ३१।नयाँ वर्ष २०८२ को अवसरमा कपन साहित्य समाजले “कविता क्यालेण्डर–२०८२” सार्वजनिक गरेको छ। आइतबार कपनस्थित समाजको आफ्नै भवनमा आयोजित समारोहमा देशभरका ७५ जना कविहरूको रचना समावेश क्यालेण्डर सार्वजनिक गरिएको हो।

कार्यक्रममा सहभागी ३९ जना कविहरूले आफ्नो कविता वाचन पनि गरेका थिए। समारोहमा साहित्यकार, कवि तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहको अध्यक्षता डा. विष्णु के.सी.ले गरेका थिए भने प्रमुख अतिथि प्रा. जगत उपाध्यायले साहित्यलाई विषयगत अनुसन्धानको खाँचो औंल्याए।

बुढानिलकण्ठ नगरपालिका उप–प्रमुख तथा कवि अनिता लामाले समाजको निरन्तर साहित्यिक सक्रियताको प्रशंसा गरेकी थिइन्।

कपन साहित्य समाजले विगतदेखि कविता, निबन्ध, संस्मरण, बालसाहित्यका कृति प्रकाशित गर्दै आएको छ। “कविता क्यालेण्डर” कार्यक्रम समाजको वार्षिक विशेष परियोजना हो।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग