बालाजु औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

Categories:

-

काठमाडौं, ३० चैत्र । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। आगो निभाउने प्रयासमा अहिले पनि काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका टोलीहरू खटिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराका अनुसार आगो औद्योगिक क्षेत्रभित्रको एउटा प्लास्टिक कारखानामा लागेको हो। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ। ठूलो मात्रामा ज्वलनशील पदार्थ भएका कारण आगो नियन्त्रणमा चुनौति भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य