काठमाडौं,२९ चैत्र।तीनकुने हिंसात्मक आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईलाई प्रहरीले १२ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढुंगानाको इजलासले प्रहरीको अनुरोधअनुसार म्याद दिएको हो। प्रसाईका अंगरक्षक दीपक खड्कालाई पनि सोही अवधिको म्याद दिइएको छ।
चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक बन्दा दुई जनाको मृत्यु, सयौं घाइते र करोडौंको क्षति भएको थियो। घटनापछि फरार रहेका प्रसाई भारतको आसामबाट पक्राउ परेका थिए।
झापा हुँदै काठमाडौँ ल्याइएका प्रसाईलाई जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रहरीले उनीविरुद्ध आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


