नेपाल बार एसोसिएसनको २७औं निर्वाचन: विजयप्रसाद मिश्र नेतृत्वको प्यानलको ‘क्लिनस्विप’

Categories:

-

काठमाडौं, चैत २८ – नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको प्यानलले निर्णायक जीत हासिल गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमाले निकट वकिलहरुको साझा प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले यसपटक बारको नेतृत्वमा पूर्ण बहुमतसहित विजयी भएको हो।

अध्यक्ष पदमा मिश्रले माओवादी केन्द्र निकट रमनकुमार श्रेष्ठलाई ५,०५२ मत ल्याउँदै फराकिलो अन्तरले पराजित गरेका छन्। श्रेष्ठले २,६२१ मत प्राप्त गरेका थिए। दुई ठूला संगठनहरू मिलेर प्रस्तुत गरेका उम्मेदवारका लागि श्रेष्ठले पाएको मतलाई भने धेरैले ‘सम्मानजनक प्रदर्शन’को रूपमा लिएका छन्।

महासचिव पदमा मिश्रकै प्यानलका केदार कोइराला विजयी भएका छन्। मिश्र नेपाली कांग्रेस निकट अधिवक्ता हुन् भने कोइराला नेकपा एमाले निकट वकिल हुन्।

बुढानीलकण्ठ निवासी मिश्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छिमेकीसमेत हुन्। झण्डै तीन दशकदेखि कानुनी क्षेत्रमा क्रियाशील मिश्र नेपाल ल क्याम्पसका प्राध्यापक हुन्। यसअघि २०६६ देखि २०६९ सम्म महासचिव रहेका उनी एक दशकपछि अध्यक्ष पदमा पुनः फर्किन सफल भएका छन्।

बारको यो नतिजाले आगामी कानुनी बहस तथा न्यायिक सुधारका एजेन्डामा सत्तारूढ गठबन्धनको प्रभाव बलियो हुने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य