सिर्जनशील युवा समाज काँगेलद्वारा प्रिती राई र कुमार प्रयासलाई राष्ट्रिय सम्मान

Categories:

-

काठमाडौँ, २८ चैत्र । सिर्जनशील युवा समाज काँगेलले राष्ट्रिय स्तरमा खेलकुद र संगीतजस्ता सिर्जनशील क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्ने भएको छ।

 चैत ३० गते शनिबार काठमाडौंको शारदा एकेडेमी, कपनमा आयोजना हुने विशेष ‘सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८१’ मा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्य रहनेछ।

कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट उदाएका नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राईलाई नगदसहित सम्मान गरिने भएको छ। राईले नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउँदै राष्ट्रिय गौरव बढाएकी छन्।

त्यस्तै, भ्वाइस अफ नेपाल सिजन–५ का सेकेण्ड रनरअप गायक तथा संगीतकार कुमार प्रयास राईलाई पनि नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिने छ।

कार्यक्रमका आयोजक संस्था सिर्जनशील युवा समाज काँगेलका अध्यक्ष योग्यप्रसाद राईका अनुसार, सिर्जनशीलता, राष्ट्रप्रेम र प्रतिभा भएको युवापुस्तालाई सम्मान र प्रोत्साहन दिनु नै कार्यक्रमको मूल उद्देश्य हो।

कार्यक्रमको व्यवस्थापनमा सहकार्य गरिरहेको शारदा एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद फुयालले राष्ट्रिय स्तरमा योगदान गर्ने प्रतिभाहरूको सम्मानले नयाँ पुस्तामा सकारात्मक प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य