बिम्स्टेक सम्मेलनमा सहभागिता पछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

Categories:

-

काठमाडौं, चैत २३ — प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने थाइल्यान्ड भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन्। उनले थाइल्यान्डको राजधानी बैंककमा आयोजित बिम्स्टेक (बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग)को छैटौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री तथा बिम्स्टेक सदस्य राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई उल्लेखनीय मानिएको छ।

बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्य, आर्थिक विकास, जलवायु परिवर्तन, आपसी व्यापार तथा लगानी प्रवर्द्धनलगायत विषयमा नेपालको धारणा राखेका थिए। उनले बिम्स्टेकलाई दक्षिण र दक्षिणपूर्वी एसियाबीचको पुलको रूपमा प्रस्तुत गर्दै साझा भविष्य निर्माणका लागि एकता र सहयोगको आवश्यकता औंल्याएका थिए।

थाइल्यान्ड भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग पनि भेटघाट गरी उनीहरूको समस्याबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं फर्किएको हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य