सुनसरीमा अपहरणमा परेकी बालिका सकुशल उद्धार, एक जना पक्राउ

Categories:

-

सुनसरी,२२ चैत्र । सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदा अपहरणमा परेकी थिइन्। चैत २० गते दिउँसो घर अगाडि खेलिरहेको बेला उनलाई अपरिचित व्यक्तिले सिटी सफारीमा राखेर अपहरण गरेका थिए।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) योगराज खतिवडाको नेतृत्वमा खोजी कार्य तीव्र पारिएको थियो। प्रहरीको विशेष टोली तथा प्रदेश अनुसन्धान टोली (PIT) परिचालन भएपछि बालिकालाई चैत २१ गते सुनसरीको कोशी ब्यारेज नजिकैबाट सकुशल उद्धार गरिएको हो।

यस घटनामा संलग्न सप्तरीको कन्चनरुप नगरपालिका-१२ निवासी जितेन्द्र साह (हलुवाई) पक्राउ परेका छन्। हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य