बूढानीलकण्ठ नगरपालिकामा भोलि शोक बिदा, तर शोक विज्ञप्ति ननिकालिएको प्रति उठ्यो टिप्पणी

Categories:

-

काठमाडौँ, २० चैत्र । बूढानीलकण्ठ नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारी गमला के.सी.को असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक दिनको शोक बिदा घोषणा गरेको छ। नगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरू २०७८ साल चैत २१ गते बिहीबार का दिन बन्द रहने निर्णय गरेको हो।

तर, शोक बिदा घोषणा गरिए पनि नगरपालिकाले आधिकारिक शोक विज्ञप्ति ननिकालेको प्रति केही कर्मचारीहरूले असन्तोष व्यक्त गरेका छन्। विशेष गरी, नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृतप्रति कटाक्ष गर्दै केही कर्मचारीहरूले उनलाई जिस्क्याउने शैलीमा टिप्पणी गरिरहेको बताइएको छ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार शोक बिदा तोकिए पनि मृतकप्रति औपचारिक श्रद्धाञ्जली दिने विज्ञप्ति जारी नगरिनु अस्वाभाविक भएको कर्मचारीहरूको भनाइ छ। “शोक मनाउने कुरा सही हो, तर औपचारिक रूपमा विज्ञप्ति आउनुपर्ने होइन र?” एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने।

यस घटनाले नगरपालिकाको प्रशासनिक संयोजनप्रति प्रश्न उठाएको छ। कतिपय कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई लिएर सामाजिक सञ्जालमा समेत हल्का व्यंग्य गरेका छन्। कतिपयले यो ‘अनुभवको कमी’ को परिणाम भएको बताएका छन् भने केहीले यसलाई “सिर्जनात्मक लापरवाही” को संज्ञा दिएका छन्।

यसैबीच, नगरपालिकाका केही अधिकारीहरूले भने विज्ञप्ति जारि नगरी बिदाको सार्वजनिक सूचना  आउनु ‘प्राविधिक त्रुटि’ मात्र भएको र सकेसम्म चाँडै विज्ञप्ति जारी गरिने’ बताएका छन्। शोकका यस्ता घडीमा  औपचारिक सन्देश दिनु संस्थागत प्रक्रियाको एउटा आवश्यक पक्ष भएकाले भविष्यमा यस्ता कमजोरी दोहोरिन नहुने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य