राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति

Categories:

-

काठमाडौं, २० चैत । राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन ।

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको हो । गृह मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको निधन भएको थियो ।

सविनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ भने रजकको आज दाहसंस्कार हुदैँछ ।

विवरण जानकारी
रेबिका खत्री निजामती कर्मचारी अस्पतालको आईसीयूमा उपचाररत
दिनेशकुमार खत्री डिस्चार्ज भएर डेरा फर्किए
डिल्लीप्रसाद लुईँटेल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत
शम्भु दर्जी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत
आईसीयूमा उपचाररत ४ जना
अस्पतालमा भर्ना भएका ५७ जना
कुल घाइते १२९ जना
उपचार खर्च सरकारले निःशुल्क उपचार गर्ने बताएको छ। केही घाइतेहरूले आफैँ तिर्नुपरेको गुनासो गरेका छन्। अस्पतालहरूलाई विवरण बुझाउन निर्देशन दिइएको छ।
घटनाको अनुसन्धान राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष छानबिनको माग गरेको छ। आयोगले प्रतिवेदन तयार गर्दै छ। प्रहरीले अनावश्यक बल प्रयोगको आरोप अस्वीकार गरेको छ।
प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य