बुधबारदेखि काठमाडौंमा शिक्षकहरूको पुनः आन्दोलन

Categories:

-

काठमाडौं,२० चैत्र । देशभरका शिक्षकहरूले आज बुधबारदेखि पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन्। नेपाल शिक्षक महासङ्घले ‘काठमाडौं जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौं आउने क्रम जारी छ।

महासङ्घ माघ २० गतेदेखि आन्दोलनमा छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिने उद्देश्यले आन्दोलनलाई तीव्र बनाइएको महासङ्घले जनाएको छ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुनेछन्। महासङ्घले शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौं नछोड्ने बताएको छ।

आज दिउँसो विभिन्न स्थानबाट र्‍याली निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम छ। अपराह्न ४ बजेसम्म प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।

भोलिदेखि हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य