प्रधानमन्त्री ओली र थाइ समकक्षी शिनावातबीच भेटवार्ता आज

Categories:

-

बैङ्कक,२० चैत्र । औपचारिक भ्रमणमा रहेएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ।

थाइल्याण्डको सरकारी भवनमा हुने भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ।

नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो। यो भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी तथा व्यावसायिक संस्थाबीच छवटा सहमतिपत्र आदानप्रदान हुनेछन्।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गर्ने दिवभोजमा सहभागी हुनुहुनेछ।

प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनि हिजो अपराह्न थाइल्याण्ड आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य