पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोली परिवर्तन, संख्या घटाइयो

Categories:

-

काठमाडौं, १६ चैत्र । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सुरक्षाकर्मीको संख्या घटाएको छ।

शुक्रबार राति ११ देखि १२ बजेको बीचमा सुरक्षा टोली फेरेर पहिलेका २६ जनालाई फिर्ता बोलाइ १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

यसअघि डीएसपी जगदीश हमालको नेतृत्वमा रहेको २६ जनाको सुरक्षा टोली हटाइ अब डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको छ।

भीभीआईपी सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षा गार्ड रहने भए पनि पूर्वराजालाई यसअघि सरकारले २६ जना सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको थियो।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा शाहको संलग्नता रहेको निष्कर्ष निकाल्दै सरकारले उनको सुरक्षा सुविधामा पुनर्विचार गर्ने क्रममा संख्या घटाउने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य