पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं महानगरले ७ लाख ९३ हजार जरिबाना तोक्यो

Categories:

-

काठमाडौं, १६ चैत। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिबाना तोकेको छ। शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीलाई आधार मानेर महानगरले विभिन्न ८ शीर्षकमा जरिबाना तोकेको हो।

महानगरले पूर्वराजा शाहको नाममा पत्र लेख्दै सरकारी सम्पत्ति र भौतिक संरचनामा क्षति पुर्याएको भन्दै जरिबाना तोकेको जनाएको छ।

महानगरको सम्पत्तिमा क्षति

शुक्रबारको प्रदर्शनका क्रममा काठमाडौं महानगरको दमकलसहित अन्य भौतिक संरचनामा क्षति पुगेको थियो। प्रदर्शन उग्र बन्दा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।

उक्त आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए। राजावादी समर्थकहरू हिंसात्मक बनेपछि तीनकुने क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य