राजावादी प्रदर्शनका क्रममा आगजनी र हिंसाका मुख्य दोषी दुर्गा प्रसाईँ पक्राउ गर्न आदेश

Categories:

-

काठमाडौँ ,१५ चैत्र । आज काठमाडौँमा राजावादी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् कि, प्रहरी प्रसाईँलाई पक्राउ गर्न लागिपरेको छ।

प्रहरीका अनुसार, आन्दोलनको अघि प्रसाईँले हिंसा भड्काउने योजना बनाएको एक भिडिओ फेला परेको हो, जसका आधारमा उनलाई पक्राउ गर्न कोसिस भइरहेको छ। सरकार र सुरक्षा निकायहरूले यस घटनालाई गम्भीर रुपमा लिएका छन् र प्रदर्शनका क्रममा भएका उत्पात र हिंसालाई नियन्त्रण गर्न कडा कदम चालिरहेका छन्।

प्रसाईँको पक्राउको आदेशसँगै काठमाडौँका विभिन्न स्थानमा प्रहरी परिचालन गरिसकिएको छ र उनलाई अविलम्ब पक्राउ गर्नका लागि विभिन्न सुरक्षा प्रयासहरू जारी छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य