प्रेस चौतारीले गर्यो बागी बिद्रोही उम्मेदवारलाई सघाउने व्यक्तिहरूको कारबाही फुकुवा

Categories:

-

काठमाडौँ , चैत ४ – प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवारविरुद्ध उठ्ने तथा बागी उम्मेदवारलाई सघाउने केही नेताहरूमाथि गरिएको कारबाही फुकुवा गरेको छ। आत्मआलोचना गर्दै संगठनको नीति विपरीत पुनः कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि उनीहरूलाई पुनः संगठनमा समावेश गरिएको हो।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिअनुसार, आत्मआलोचना गरेका नेताहरूले संगठनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। कारबाही फुकुवा हुनेमा रुद्र सुवेदी, मनुका कुँवर, दिनेश थापा, केशव पराजुली, नारायण खड्का, कुष्माखर ढकाल लगायतका नेताहरू रहेका छन्।

यस निर्णयसँगै संगठनभित्र देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ। महासचिव लामाले संगठनलाई एकताबद्ध बनाउन सबै पक्षलाई सहकार्य र एकताको सन्देश दिँदै संगठनको हितमा काम गर्न आग्रह गरेका छन्।

यसअघि, संगठनको निर्णयविपरीत कार्य गरेको भन्दै विभिन्न तहका नेताहरूलाई कारबाही गरिएको थियो। तर, महाधिवेशनको पूर्वसन्ध्यामा उनीहरूलाई पुनः अवसर दिइएको छ। चैत १०-१२ गते विराटनगरमा हुने १०औं राष्ट्रिय महाधिवेशनले संगठनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य