नारायणहिटी दरबार अगाडि राजावादीको प्रदर्शन, गणतन्त्र पक्षधर दलहरू सतर्क

Categories:

-

काठमाडौं,२ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यसहित आन्दोलनरत राजावादी समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन्।

शनिबार दिउँसो शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाइमा राजावादीहरू नारायणहिटी अगाडि भेला भएका थिए। ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ, राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले प्रदर्शन गर्दै यातायात समेत प्रभावित बनाएको थियो।

पछिल्लो समय विभिन्न राजावादी समूहहरूले नारायणहिटी अगाडि प्रदर्शन गर्दै राजसंस्था पुनर्स्थापनाको माग गरिरहेका छन्। यसअघि फागुन २५ गते राजसंस्थाको वकालत गर्ने समूहहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए, जसले गणतन्त्र पक्षधर दलहरूलाई सचेत बनाएको छ।

राजसंस्था पुनःस्थापनाका लागि भइरहेको अभियानसँगै समाजवादी मोर्चा, नेपालले चैत १५ गते वृहत् विरोध सभाको घोषणा गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त मोर्चा बनाएर गतिविधिहरू गरिरहेका छन्।

राजसंस्थाको समर्थन र गणतन्त्रको बचाउमा देखिएको शक्ति संघर्ष आगामी दिनमा अझ चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य