काठमाडौं, फागुन २८ – प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा सरोज ढुंगेल पुनः सर्वसम्मत निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न दोस्रो अधिवेशनले ढुंगेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा सर्मिला थापा र खर्जुन सापकोटा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जस्मिन थापा चयन भएका छन्। सचिवहरूमा परमानन्द राय, शेखर चौलागाईं, बिन्दू शर्मा, पुरुषोत्तम घिमिरे, सबिना चेपाङ र महेश निरौला निर्वाचित भएका छन्।
नयाँ नेतृत्वले पत्रकारहरूको हकहित संरक्षण र प्रेस स्वतन्त्रताको प्रवर्द्धनका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष ढुंगेलले आफ्नो कार्यकालमा संगठनलाई थप सशक्त बनाउने र पत्रकारहरूको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने बताए।
उक्त अधिवेशनमा विभिन्न क्षेत्रका पत्रकारहरूको सहभागिता रहेको थियो। निर्वाचित टोलीलाई विभिन्न राजनीतिक तथा पत्रकार संगठनहरूबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। प्रेस स्वतन्त्रता र पेशागत मर्यादाको रक्षा गर्दै संगठनलाई मजबुत बनाउने प्रतिबद्धता नयाँ कार्यसमितिले जनाएको छ।


