त्रिवि स्ववियु निर्वाचन: हालसम्म नेकपा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा

Categories:

-

काठमाडौं, फागुन २८ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अघि बढिरहेको छ। हालसम्म ८२ स्थानमा सभापति सर्वसम्मत निर्वाचित भइसकेका छन्।

हालसम्म प्राप्त विवरणअनुसार नेकपा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा रहेको छ। अनेरास्ववियुले ८२ मध्ये ३२ क्याम्पसमा स्ववियु सभापति निर्वाचित गरेको जनाएको छ। त्यसैगरी, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट २८ वटा क्याम्पसमा सभापति निर्विरोध चयन भएका छन्।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले २१ क्याम्पसमा सभापति जितेको छ भने एकीकृत समाजवादी निकट अनेरास्ववियुले १ क्याम्पसमा नेतृत्व लिएको छ।

क्षेत्रगत रूपमा हेर्दा अनेरास्ववियुले कोशीमा ४, बागमतीमा ८, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ क्याम्पसमा सभापति सर्वसम्मत चयन भएका छन्।

त्रिभुवन विश्वविद्यालयले यस वर्ष आंगिक ६२ क्याम्पस तथा सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय गरेको छ। कतिपय सम्बन्धन प्राप्त क्याम्पसमा भने निर्वाचन नहुने भएको छ।

बुधबार स्ववियु निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ। आगामी चुनावी प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ।

त्रिवि स्ववियु निर्वाचन: विभिन्न प्रदेशका ३२ क्याम्पसमा सभापति सर्वसम्मत चयन

कोशी प्रदेश

१. संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा – चेतन भण्डारी
२. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा – युवा तिमिल्सिना
३. हिले क्याम्पस, धनकुटा – विशाल तिन्तुङ्ग
4. जाल्पादेवी क्याम्पस, धनकुटा – चेतराज पौडेल

बागमती प्रदेश

५. सिन्धु भ्याली क्याम्पस, सिन्धुपाल्चोक – सन्दीपा चौलागाई
६. ठोकर्पा क्याम्पस, सिन्धुपाल्चोक – सर्मिला घर्ती
७. जनआदर्श बहुमुखी क्याम्पस, चितवन – अनुज न्यौपाने
८. तेजगङ्गा क्याम्पस, काभ्रे – सुजन सापकोटा
९. सर्वमंगला क्याम्पस, काभ्रे – श्रीकृष्ण भट्टराई
१०. जनक क्याम्पस, काभ्रे – सन्जिव गिरि
११. कुशादेवी क्याम्पस, काभ्रे – मोनिका हुमागाई
१२. धुलिखेल क्याम्पस, काभ्रे – स्वागत चापागाई

गण्डकी प्रदेश

१३. मंगला शिक्षा क्याम्पस, म्याग्दी – एल्डिस पुन
१४. तेज निरला क्याम्पस, मुस्ताङ – अन्जु परियार
१५. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा – मुना न्यौपाने

लुम्बिनी प्रदेश

१६. दर्छा रामपुर क्याम्पस, पाल्पा – अनिषा कोइराला
१७. माडव्य क्याम्पस, पाल्पा – सौगात कोइराला
१८. उबुद्ध कलेज, पाल्पा – क. कृष्णा झापुलक
१९. दिगाम आदर्श बहुमुखी क्याम्पस, गुल्मी – क. उषा पाण्डे
२०. देवदह आदर्श बहुमुखी क्याम्पस, रुपन्देही – अश्विन न्यौपाने
२१. स्वर्दिया बहुमुखी क्याम्पस, बर्दिया – दुर्गा खत्री
२२. मैनापोखर शारदा क्याम्पस, बर्दिया – सागर खत्री

कर्णाली प्रदेश

२३. शारदा क्याम्पस, सल्यान
२४. सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत
२५. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत – विश्व खडका, रुद्र रावत, मिना रावत

सुदूरपश्चिम प्रदेश

२६. बुढिनन्दा क्याम्पस, बाजुरा
२७. सेती क्याम्पस, बझाङ – भाष्कर शाही, दिपेन्द्र दौल्याल
२८. नव प्रभात संयुक्त क्याम्पस, बैतडी – क. सपना चन्द
२९. शिक्षा क्याम्पस, बैतडी – क. अकबर चन्द
३०. लटिनाथ क्याम्पस, दार्चुला – क. रुकेश सिंह विष्ट
३१. कृष्ण स्नातक क्याम्पस, दार्चुला – क. ओमकार पाल
३२. दानेस्वरी बहुमुखी क्याम्पस, कंचनपुर – विमला कुमारी रावल

त्रिवि अन्तर्गतका ६२ आंगिक क्याम्पस तथा एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुन गइरहेको छ।

ग्राफ मा हेर्नुस् : 



प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य