वैवाहिक बलात्कारका मुद्दामा वृद्धि: कानुनी दुरुपयोगको चिन्ता

Categories:

-

काठमाडौँ,२८ फागुन ।नेपालमा हालै वैवाहिक बलात्कारका मुद्दाहरूमा वृद्धि देखिएको छ । जसले कानुनी प्रणालीमा गम्भीर चिन्ता उत्पन्न गरेको छ। मुलुकी अपराध संहिता २०७४ अन्तर्गत वैवाहिक बलात्कारलाई अपराध मानिएको छ भने यसका लागि कडा सजायको व्यवस्था गरिएको छ। यस कानुनी प्रावधानले महिलाहरूलाई सुरक्षा प्रदान गर्न बनाइएको भए पनि पछिल्लो समय यसको दुरुपयोग बढेको पाइन्छ।

समाजमा भएका केही घटनाले यस कानुनको दुरुपयोगका बारेमा गम्भीर प्रश्न उठाएका छन्। खासगरी केही महिलाहरूले वैवाहिक बलात्कारलाई ‘बार्गेनिङ’ को हतियारको रूपमा प्रयोग गर्दै आफूलाई लाभ पुगाउने प्रयास गरेका छन्। यसले गर्दा पुरुषहरू सिधै अदालतको कचहरीमा फसेका छन्। यस्ता घटनाहरूले महिला अधिकारका पक्षमा समग्र कानुनी प्रणालीमा शंका उत्पन्न गर्न थालेको छ।

एक रिपोर्टअनुसार, नेपालका विभिन्न जिल्लाहरूमा वैवाहिक बलात्कारका मुद्दा दायर गर्ने घटनामा वृद्धि भएको छ। ०७५/७६ देखि ०७९/८० सम्मका आँकडाले स्पष्ट देखाउँछ कि वर्षेनि यस्ता मुद्दाहरू बढ्दै गएको छ। ०७५/७६ मा ११ वटा मुद्दा दायर भएका थिए भने, ०७९/८० सम्म पुग्दा ५७ वटा मुद्दा दायर भएका छन्।

यद्यपि, अधिकांश मुद्दामा पीडित महिलाका आरोप झूटो साबित हुने घटनाहरू पनि छन्। उदाहरणस्वरूप, ०७८/७९ मा ४० वटा मुद्दामा ९ जना महिलाहरूलाई सफाइ प्राप्त भएको थियो। यसले कानुनी दुरुपयोगका चिन्हहरू प्रष्ट बनाउँछ।

समाजसेवी तथा कानुनी विश्लेषकहरूले यस कानुनी प्रावधानको पुनः परिभाषा र व्याख्यामा सुधारको आवश्यकता औंल्याएका छन्। ‘वैवाहिक बलात्कारको मुद्दामा प्रत्येक पक्षको उचित जाँच आवश्यक छ,’ एक कानुनी व्यवसायीले भने।

नेपालका विभिन्न महिलाहरूका अधिकारकर्मी र सामाजिक कार्यकर्ताहरूले भने वैवाहिक बलात्कारका वास्तविक पीडितहरूको संरक्षणका लागि कानुनी प्रक्रिया सशक्त बनाउनुपर्ने बताउँदै आएका छन्।

यसको समाधानका लागि कानुनी सुधार र दुरुपयोग रोक्नका लागि थप संवेदनशीलता र न्यायिक व्यवस्थामा सुधारको आवश्यकता रहेको छ।

वैवाहिक बलात्कारका मुद्दाको प्रवृत्ति (०७५/७६ देखि ०७९/८० सम्म)

वर्ष (नेपाली सङ्केत) मुद्दा दर्ता भएका मुद्दा खारेज भएका उच्च अदालतमा मुद्दा निस्तारण भएका सर्वोच्च अदालतमा मुद्दा निस्तारण भएका
०७५/७६ ११ २ ० ०
०७६/७७ २४ ३ १ ०
०७७/७८ ३४ ९ १० ०
०७८/७९ ४० ९ १८ ०
०७९/८० ५७ १९ ११ ४

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य